गौरादह नगरपालिकाको आपतकालीन बैठक बस्दै – समुदायमा भेटियो कोरोना,


झापा । झापा जिल्लाको गौरादह नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा उपचार गराईरहेकी गौरादह १ की ६८ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

उनी उपचारका लागि ११ दिन अघि गौरादहबाट काठमाडौं गएकी थिइन् । योसंगै गौरादहमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने चारजना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् ।

यसअघि गौरादहमा भारत लगायत खाडी मुलुकबाट फर्किएकामा मात्र कोरोना संक्रमण देखिएता पनि यो भने समुदायमै भेटिएको पहिलो संक्रमणको नतिजा हो ।

यसैबीच उक्त संक्रमणको पुष्टि भए लगत्तै नगरपालिकाले आपतकालीन वैठक डाकेको छ , यो समाचार तयार पार्दा सम्म बैठक जारी रहेको जानकारी प्राप्त भएको छ । हाम्रा कुरा

प्रतिक्रिया दिनुहोस्