प्रधानमन्त्री ओलीले आज राती उद्घोष गरे – विदेशीसँग झुक्दिन, प्रतिकार गर्छु


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका साथीहरुसँग कति झुक्नुपर्ने हो म झुक्छु तर विदेशीसँग झुक्न तयार छुइन भन्नुभएको छ ।

शनिबार राति मन्त्रिमण्डलका सदस्यहरुसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले भन्नुभयो– ‘अहिलेको खेल तपाईंहरुले बुझ्नुभएकै छ, तपाईंहामी मिलेर नेपालको नयाँ नक्सा जारी गर्‍यौं । त्यही कारण यो सब भइरहेको छ भन्ने तपाईंहरुलाई थाहा भएकै कुरा हो । म यो देशलाई विदेशीका सामु कुनै हालतमा झुक्न दिन्न ।’

प्रधानमन्त्री ओलीले आज राति मन्त्रिमण्डलका सबै सदस्यहरुलाई अनौपचारिक छलफलका लागि बोलाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्