प्रचण्ड निवासमा आकस्मिक बैठक


काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग हुने भनेसँगै प्रचण्डनिवास खुमलटारमा नेपाल कम्युनिस्ट पार्टीको एउटा समुहको आकस्मिक बैठक बसिरहेको छ ।

बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठका अलावा उक्त समुहका प्रभावशाली नेताहरु छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुन कित्तामा लाग्ने हो अर्को बैठकमा स्पष्ट भएर आउन भनेलगत्तै प्रचण्डलाई उनी निकटस्थले ब्रिफिङ गरेका थिए । त्यसपछि आकस्मिक बैठक बसेको हो ।

यो बैठकले मन्त्रीहरुले राजीनामा दिने देखि अबको स्थायी कमिटि बैठक अघि र पछि कसरी बढ्नेबारे छलफल केन्द्रित गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्