बालुवाटारमा प्रधानमन्त्रीको खुलासा, ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रमाण म सँग छ’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रमाण आफूसँग भएको खुलासा गरेका छन् ।

पार्टी विवाद चर्किरहेकाबेला राज्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका गम्भीर राजनीतिक षड्यन्त्र भएकाले आफूले सामना गर्न उत्रिएको बताए । प्रधानमन्त्रीले राष्टियताको पक्षमा, पार्टी एकता र कम्युनिष्ट आन्दोलनको पक्षमा हुने सबै निर्णय आफूलाई स्वीकार्य हुने बताउँदै भने, ‘तर त्यसविपरीतका कुनै पनि कदममा म साथ दिने छैन ।’

बैठकमा प्रधानमन्त्री र मन्त्रीहरु । तस्बिर : राजन काफ्ले
प्रधानमन्त्रीले नेपालको नयाँ नक्सा प्रकरणपछि भएका विदेशी दबाब, प्रभावका कारण पार्टीमा संकट उत्पन्न भएको पुनः दोहोयाए । उनले आफूले गलत काम र प्रवृत्ति सधै अस्वीकार गर्दै आएको उल्लेख गर्दै मन्त्रीहरुबाट सहयोगको अपेक्षा राखे ।

प्रधानमन्त्रीको जानकारीमुलक भनाइपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले महाअभियोगको कुरा हल्लामात्रै भएकाले त्यस्ता विषयमा सचेत हुनुपर्ने भनेका थिए । लगत्तै जवाफ दिँदै प्रधानमन्त्रीले आफूसँग त्यसको प्रमाण रहेको उल्लेख गरे ।

बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र मुख्य सचिव लोकदर्शन रेग्मी पनि सहभागी थिए । मन्त्रीहरुको परामर्शअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्