नेतृ कोइरालाको चेतावनी : ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना हुन्छ


काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल् उहाँले अ‍ोलीको विकल्प खोजे मुलुकको लागि घातह हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन । त्यो आफ्नै लागि घातक हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्छ ।

अहिले सरकार ढाल्ने काममा लागे संविधान पनि कार्यान्वयन हुन कठिन छ । मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन् र उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन् र सफल पनि हुँदैनन् ।’

कांग्रेस अहिले संगठन र पार्टीलाई बलियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कोइरालाले स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्