भोलिदेखि देशैभर सार्वजनिक बस चल्ने


काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ ।

कोरोना भाइरस संक्रमणप्रति सतकर्ता अपनाउन मुलुकमा चैत ११ गतेदेखि लकडाउन गरिएसँगै सार्वजनिक तथा भाडाका सबै सवारी साधन बन्द भएका छन् ।

सरकारले आउँदो साउन ७ गतेसम्म मुलुकमा लकडाउन अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले ‘लामो समयको लकडाउनले व्यवसायी तथा मजदुर आर्थिक संकटमा परेको, र सरकारले पनि राहत उपलब्ध नगराएको’ भन्दै सार्वजनिक बस आइतबारदेखि चलाउने निर्णय गरेको हो ।

महासघको निर्णय अनुसार सार्वजनिक बस करिब सय दिनको अन्तरालपछि संचालन हुन लागेको हो ।

सरकारले निजी सवारी साधन संचालन भइरहेको अवस्था सार्वजनिक सवारीलाई मात्र रोक्नु उपयुक्त नहुने यातायात व्यवसायीको भनाइ छ । व्यवसायीले सरकार मजदुरप्रति गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्