विदेशीले हैन नेकपाले मात्र सरकार परिवर्तन गर्न सक्छ – गोकर्ण बिष्ट


काठमाण्डौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री गोकर्ण बिष्टले सरकार परिवर्तन कुनै विदेशीले गर्न नसक्ने बताउनुभएको छ ।

रेडियो कान्तिपुरको द हेडलाईन्स कार्यक्रममा आज बिहान अन्तरवार्ता दिँदै उहाँले नेकपा पार्टीले बहुमत प्राप्त गरेकाले नेकपाले चाहेमा मात्र सरकार परिवर्तन हुन सक्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले विदेशी र नेपालका केही नेताको योजनामा सरकार परिवर्तन गर्न चाहिरेको भन्ने विषयमा सत्थतथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीको हैसियतामा जुन आधारहरु राख्नुभएको छ त्यो विषयमा पार्टीभित्र छलफल हुनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रबाट कुनै असहयोग नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्