विदेशी ज्वाई र बुहारीलाई नागरिता दिनुपर्ने माग गर्दै काँग्रेसको प्रदर्शन


जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेपका) नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली काँग्रेसले सोमबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध जिल्ला सभापति महेश शंकर गिरीको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै पार्टी सभापति गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाउनु भएको थियो । राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो ।

राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उहाँले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनु भएको थियो ।

प्रदर्शनको क्रममा र्यालीमा सहभागीहरुले बैबाहिक अंगीकृत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर,महिलामाथिको विभेद अन्त्य गर,बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्,मधेशीमाथिको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्