बादललाई हटाएर गृहमन्त्री बन्दिनँ – सांसद नवराज सिलवाल


काठमाडौं । नेपालको राजनीतिमा विभिन्न व्यक्ति मन्त्री बन्ने विषयले चर्चा पाउने गरेको छ । नेकपाका सांसद नवराज सिलवाल पनि गृहमन्त्री बन्ने चर्चा चल्ने गरेको छ । तत्कालीन एमालेको तर्फबाट ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सिलवाल नेपाल प्रहरीका पूर्वडीआईजी पनि हुन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गृहमन्त्री सिलवाल बन्न सक्ने चर्चा चल्दै आएको छ । तर, गृहमन्त्री रहेका रामबहादुर थापा बादल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहबाट ओली समूहमा लागेपछि सिलवालको सम्भावना कम रहेको पनि टिप्पणी पनि हुने गरेकाे छ ।

तर, बादललाई हटाएर आफू गृहमन्त्री नबन्ने सिलवालले जानकारी दिएका छन् । क्यानडानेपालसँगको कुराकानीमा उनले आफ्नै नेतालाई हटाएर आफू गृहमन्त्री नबन्ने स्पष्ट पारे ।

बादललाई हटाएर गृहमन्त्री नबन्ने बताएका सांसद सिलवालले आफू गृहमन्त्री बन्न सक्ने क्षमता भएको व्यक्ति रहेको भने बताए । प्रहरी संगठनमा करिब तीन दशक काम गरेको र मुलुकको अवस्थाबारे राम्रो जानकार रहेको बताएका सिलवालले प्रहरी संगठनमा हुँदा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको स्मरण गर्दै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्