वास्तविक किसानलाई मात्र अनुदान दिन नेता खतिवडाको माग


विराटनगर, १५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका जिल्ला सचिवालय सदस्य एवम् युवा नेता रुपेश खतिवडाले कृषि पेशामा युवा वर्गलाई आकर्षित गर्न नसक्नु दुखद भएको धारणा राख्नुभएको छ ।

आज असार १५ गते धान दिवसका अवसरमा आफ्नो विचार राख्दै उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिएमात्र गरिबीको दुष्चक्रबाट उठ्न सकिने बताउनुभयो । उहाँले धान दिवसको अवसरमा सम्पुर्ण नेपाली युवाहरूलाई आधुनिक र व्यावसायिक कृषि क्रान्तिमा रचनात्मक सहभागीताका अपिल समेत गर्नुभएको छ ।

हरेक वर्ष एउटै प्रतिवेदन बुझाएर अनुदान लिन बानिपरेका स्वघोषित किसानलाई हैन वास्तविक किसानहरूको बैंक खातामा खेतीयोग्य जमिनको क्षेत्रफल र बालीको आधारमा अनुदान दिने ब्यबस्था गर्न पनि नेता खतिवडाले सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्