प्रधानमन्त्री ओलीलाई मानिसक रोग विशेषज्ञको सल्लाह आवश्यक छ – रवीन्द्र मिश्र


काठमाडौं – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनोपरामर्शदाता, मानिसक रोग विज्ञ र विशेषज्ञको सल्लाह आवश्यक रहेको बताएका छन् ।

सोमबार पूर्वपत्रकारसमेत रहेका मिश्रले कहिलेकाहिँ रोग पत्ता नलाग्दा उपचार असंभव हुने भएकाले प्रधानमन्त्रीलाई मानसिक उपचारको आवश्यकता रहेको बताएका छन् ।

‘हर हप्ता अत्यन्तै हलुका, सस्ता, तथ्यहीन, अशन्तुलित, विदेश सम्वन्ध र राष्ट्रिय छविमा आँच पुग्ने टिप्पणी गर्ने नेतालाई सही मनोपरामर्शदाता, मानसिक रोग विज्ञ र विशेषज्ञ सल्लाहकारहरूको खाँचो छ भन्ने वास्तविकता कसले बुझाइदिन सक्ला ?’, उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्