चुलाचुली गाउँपालिकामा ४१ करोड ९५ लाखको बजेट


चुलाचुली, १४ असार । कृषि, पर्यटन पुर्बाधारमा उन्नति, चुलाचुली गाउँपालिकाको समुन्नती भन्ने नाराका साथ इलामको चुलाचुली गाउँपालिकाको छैठौँ गाउँसभा आज सम्पन्न भएको छ ।

गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ९५ लाख ५१ हजार ६१२ रुपैँयाको बजेट पारित गरेको छ । गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनसहित भौतिक पूर्वाधारलाई जोड दिँदै बजेट बनाएको हो । गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभाकै अवसरमा उत्कृष्ट कर्मचारीहरु डिल्लीराज खड्का, प्राबिधिक, तारा काफ्ले, शक्तिनाथ सिंह, बेनुप रिजाल सहित किराँतेश्वर माविका प्रधानाध्यापक कमल प्रसाद अधिकारीलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव सञ्जय राईले जानकारी दिनुभयो । पुरस्कृत हुनेहरुलाई जनही रु १० हजार र कदरपत्रसहित पुरस्कृत गरिएको थियो । गाउँसभा प्रदेश सांसद् हिरेन्द्रशर्मा रमणको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्