मदन भण्डारीको जन्म जयन्तीमा उर्लाबारीमा बृक्षरोपण


उर्लाबारी, १४ असार । तत्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्तीको अवसरमा आज उर्लाबारीमा पनि बृक्षरोपण गरिएको छ ।

अनेरास्वबियु जिल्ला कमिटि मोरङको आयोजना तथा अनेरास्वबियु उर्लाबारी बहुमुखी क्याम्पसको व्यवस्थापनमा क्याम्पस हाताभित्र बृक्षरोपण गरिएको बिद्यार्थी नेता दिलीप पोख्रेलले जानकारी दिनुभयो । सतिसाल निम, कपुर लगायतका प्रजातिका ४० भन्दा बढी बृक्ष रोपिएको क्याम्पसका स्वबियु सभापति गणेश घिमिरेले जानकारी दिनुभयो । सो कार्यक्रममा स्वबियु सभापति घिमिरेसहित उपाध्यक्ष हेमन सुब्बा, विद्यार्थी नेता मनिश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्