दुबै छोरीको विवाह दलितसँग गरिदिने नेता गगन पुरीको घोषणा


दमक/ नेकपा नेता गगन पुरीले आफ्ना दुबै छोरीको विवाह दलितसँग गरिदिने घोषणा गरेका छन् ।

शनिबार झापाको दमकमा रुकुम पश्चिम घटनाको स्थलगत रिर्पोट सार्वजनिक कार्यक्रममा बोल्दै उनले सामाजिक परिवर्तनका लागी आफुले जन यु द्धताका समयदेखि नै धेरै काम गरेको उल्लेख यदि समाज परिवर्तन हुन्छ भने आफ्ना दुबै छोरीको विवाह दलितसँग गर्न तयार रहेको बताएका हुन् ।

उनले जन यु द्धको गौरवपूर्ण इतिहास बोकेको रुकुममा नै जातिय भेदभावकै आधारमा ६ जना युवा मारिनु दुखद र लाजमर्दो घटना भएको उनले बताए ।

पुरीले सो घटनाका दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने र कानुन बमोजिम हदैसम्मको कारवाही गर्न माग गरे ।

उनले आफु र तत्कालिन आफ्नो पार्टीले समाज परिवर्तनका लागी ठुलो भुमिका निभाएको बताउँदै उनले अझै पनि समाज परिवर्तनको काम सम्पन्न भईनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्