बजेट निर्माणमा लागिपरेका स्थानीय तहलाई नेता खतिवडाको यस्तो सुझाब


स्थानीय तहहरु अहिले बजेट निर्माणमा धमाधम लागिपरेका छन् । संबिधानमै असार १० गते नगरसभा गरेर नीति तथा कार्यक्रम एवम् बजेट ल्याउनुपर्ने स्थानीय तहलाई बाध्यता रहेको छ । केही स्थानीय तहले भने असार १० अघि नै नगरसभा गरिसकेका छन् । स्थानीय तहहरु बजेट निर्माणमा जुटिरहँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य रुपेश खतिवडाले यस्तो सुझाब दिनुभएको छ:

स्थानीय पालिकाहरुले बजेट सम्बन्धि छलफल गरिरहदा ध्यान पुर्याउनु पर्ने केही कुराहरू : १) भबिस्यमा पालिका कस्तो बनाउने सोचाइ छ बिज्ञको परामर्श लिएर गुरु योजना निर्माण गर्ने । २)पालिकाको बिकाशका (पालिका भित्र सहज यातायात र नागरिकको गुण स्तरीय जिवनका ) लागि के के योजना आवस्यक छ त्यसका लागि बिकास योजना निर्माण गर्ने ।

३) पालिका भित्र रहेकोे सरकारी ,निजि र गूठी जग्गा को सदुपयोग कसरी(जस्तै ,agricultural residential ,commercial ,industrial ,municipal ,park and public space etc ) गर्ने त्यस् सम्बन्धि निति नियम र कानुन बिज्ञको परामर्श मा तयार गर्ने ।
४)पालिकाको आर्थिक बिकास कसरी गर्न सकिन्छ त्यसका लागि आर्थिक निति र बिकास योजना निर्माण गर्ने । ५) पालिकाको बाताबरण(air,noise,flood ,water polutions etc) को संरक्षन कसरी गर्न सकिन्छ

६)पालिका भित्र कस्ताकस्ता भौतिक पुर्बा धार निर्माण गर्ने (खानेपानी ,फोहोर ब्यबस्थापन ,बिद्धुत ,पार्क,स्कुल खेल्कुद तथा ब्यायाम शाला,अस्पताल,सुरक्षा र यातायात )

सुझावको अपेक्षासहित हार्दिक धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्