कोरोनाविरु द्ध नेपालको खोपमा ७३ देशका विज्ञको चासो


काठमाडौं । कोरोना वि रुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले चासो दिएका छन् । मकवानपुरस्थित त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण भएको औ षधिका विषयमा ७३ देशका विज्ञले चासो दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को पहलमा बिहीबार जेनेभास्थित डब्ल्युएचओको कार्यालयले भिडियो कन्फरेन्समार्फत विभिन्न ७३ देशका विज्ञसँग नेपालमा बनेको भनिएको औष धिका विषयमा छलफल गरेकोे संस्थानका प्रा. डा. ललितकुमार दासले जानकारी दिए ।

संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा जानकारी गरिएको र दाससहितको समूहलाई छलफलका लागि बोलाइएको थियो । विज्ञहरुले औ षधि बनाउने विधि, त्यसको परीक्षण लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

कन्फरेन्समा प्रा. डा. दासले एन्टि अक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सनका विषयमा जानकारी दिए । उनले औ षधि बनाउन प्रयोग हुने वनस्पति तथा जडिबुटीका विषयमा आफूले गरेको अध्ययन विज्ञलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्