फिफा फुटसलको नयाँ वरीयता : नेपाल एक सय ६३ औं स्थानमा


काठमाण्डौ – फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो । सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो । तर सबै खेलमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा स्पेन छ ।

प्रतिक्रिया दिनुहोस्