बाबुराम भट्टराईलाई आफ्नै पार्टीका सांसदको लोप्पा खुवाएपछि…


काठमाडाैँ । डा बाबुराम भट्टराई समेतले नेतृत्व गरेको समाजवादी पार्टीका एक जना सांसदले उनको दाबी माथि लोप्पा हानेका छन । पर्सा क्षेत्र नम्बर १ का सांसद रहेका प्रदीप यादवले डा सुरेन्द्र यादवको अ पहरण भएको भनेर डा बाबुरामले गरेको दाबीको खण्डन गरेका छन ।

थाहा खबरका ज्ञानेन्द्र खड्कासँग कुरा गर्दै यादवले हतियारसहितका सुरक्षाकर्मी लिएर हिँड्नेलाई कसैले अपहरण गर्‍यो भनेर कसरी पत्याउनु ? भन्दै उल्टो प्रश्न गरेका छन ।

उनले ज्ञानेन्द्रको प्रश्नमा यस्तो जवाफ दिएका छन

एउटा जननिर्वाचित सांसदलाई कसैले जवरजस्ती उठाएर ल्याउन सक्दैन। त्यसमा पनि हतियारसहितका सुरक्षाकर्मी लिएर हिँड्नेलाई कसैले अपहरण गर्‍यो भनेर कसरी पत्याउनु? यो बिल्कुल हावादारी कुरा मात्रै हो।

बिहान घरबाट सुरक्षासहित घुम्न निस्केको मान्छे अपहरणमा परेको हल्ला चलाइन्छ। मन्त्रीको लोभले जनकपुरबाट गाडी चढेर काठमाडौं पुग्ने अनि नपाएपछि अपहरणमा परेको नाटक गर्न मिल्छ?

सुरेन्द्रजीको कसैलै अपहरण गरेको होइन, राजनीति गर्ने मानिसले यस्ता हाँस्यास्पद कुरा गर्नु हुँदैन। जनकपुरबाट आफ्नै गाडीमा काठमाडौं जाने अनि रातभर फाइभस्टार होटलमा सुतेपछि अपहरण भन्‍ने ? मन्त्री नपाउने भएपछि सुरेन्द्रजीले पार्टी कारवाहीबाट जोगिन गरेको त्यो नाटकीय कुरा हो। यसरी कसैले पनि नाटक गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्