म घरबाटै सरकार चलाइरहेको छु, तपाईहरु पनि घरमै बस्नुहोस्


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड(१९) को महामारीबाट जोगिन घरभित्रै बस्न र आवश्यक कामकारवाही पनि घरबाटै गर्न सबै नागरिकलाई अपील गरेका छन्।

‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईंहरु पनि घरमै बस्नुस्। बुधबार फोटोसहित ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले अर्को घोषणा नभएसम्म घरमैं बस्न सबैलाई आह्वान गरेका हुन्। ‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’

सरकारले कोभिड-१९ को महामारीबाट जोगिन हिंजो ११ चैतदेखि लागू हुनेगरी देशैभर बन्दाबन्दी (लकडाउन) लागू गरेको छ। यो अवधिमा सरकारले घरबाट बाहिर निस्कन नपाउने आदेश जारी गरेको छ। त्यसैलाई जोड दिएर प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्