लकडाउन आदेश अवज्ञा गर्दै हिँड्ने झापामा १ सय ८० सवारीसाधन प्रहरी नियन्त्रणमा


दमक झापा पाथिभरा न्युज
सरकारले लगाएको लकडाउन आदेश अवज्ञा गर्दै हिँड्ने झापामा १ सय ८० सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा लकडाउनलाई उल्लघंन गरेको भन्दै जिल्लाभरिबाट पहिलो दिन ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले एक सय वटा मोटरसाइकल, ६० वटा इ–रिक्सासहित ट्याम्पो र २० वटा जिप तथा कार नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडक तथा राजमार्ग खटिएका ट्राफिक प्रहरीले भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक लगायत क्षेत्रबाट सवारीसाधन नियन्त्रण लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जबेगुले जानकारी दिए ।
नियन्त्रणमा लिएका सवारीसाधनका चालकलाई पहिलो पटकलाई सम्झाएर मंगलबार बेलुका छाडिएको उनको भनाई छ ।
बुधबार देखि लकडाउन अवधिभर चल्ने अनुमति बाहेक सबै ठूला तथा हलुका सवारीसाधनलाई नियन्त्रणमा लिनुका साथै कानुन बमोजिम कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्