बेलबारी नगरप्रमुखको कमाल : २४ घन्टामा १५ बेडको अस्थाई आइसोलेशन वार्ड


बेलबारी। बेलबारी नगरपालिकाले नगरपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वार्ड तयार गर्ने भएको छ ।

बिहिबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वार्ड तयार गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । वैठक सकिए लगतै स्वास्थ्य शाखालाई २४ घन्टा भित्र आइसोलेशन तयार गर्न निर्देशन दिएको प्रमुख सुवेदीले जानकारी गराउँदै उहाँले आधादर्जनभन्दा वढि स्वास्थ्यकर्मी खटाइने बताउनुभयो ।

कोरोनाका लागि बेलबारी नगरपालिकाले प्रदेश एकमै पहिलोपटक यस्तो निर्णय गरेको बुझीएको छ । टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत प्रमुख सुवेदीले बताउनुभयो । आइसोलेशन वार्डमा भर्ना भएर थप जटिल समस्या देखिए बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान तथा अन्य अस्पतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको उहाँले जनाकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्