श्रेष्ठको उपचारका लागि राईले गरे आर्थिक सहयोग


उर्लाबारी, ६ चैत । मृगौला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ बर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि सहयोग जुट्ने क्रम सुरु भएको छ ।
विहीबार पत्रकार सम्मेलन गरी टिकाप्रसाद श्रेष्ठ बचाउ अभियानले सहयोगका लागि आब्हान गरेसँगै सहयोग रकम जुट्न थालेको हो ।

आज उर्लाबारी चोकस्थित पिके ट्राभल्स एण्ड टुर्सका संचालक नुतन राईले श्रेष्ठको उपचारका लागि रु ५ हजार ५५ रपैया सहयोग गर्नुभएको छ । उहाँले सो सहयोग रकम अभियानका संयोजक चन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

२०६० सालमा भारतको केरेलामा पहिला पटक प्रत्यारोपण गर्नुभएका श्रेष्ठको पुनः मृगौलामा समस्या आएको छ । मृगौला पुनः प्रत्यारोपण गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने भएपछि श्रेष्ठ सहयोगी हातको खोजीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्