अनेरास्ववियू मोरङद्वारा कोरोना भाइरसबारे जनचेतना कार्यक्रम


मोरङ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का बारेमा जानकारी समेटिएका पर्चा पम्प्यलेट वितरण गर्दै अनेरास्ववियू मोरङ जिल्ला कमिटीले सचेतना अभियान सुरु गरेको छ ।

कोरोना सम्बन्धी सचेतना सामाग्री विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिहिबमर बिहान सार्वजनिक गर्दै पर्चा वितरण एवं घरदैलो अभियान सुरु भएको अनेरास्ववियू मोरङ जिल्ला कमिटी संयोजक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

जनचेतना सामाग्री सार्वजनिक कार्यक्रममा बोल्दै अनेरास्ववियू केन्द्रिय सदस्य ताजिम अन्सारीले विश्वलाई त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सबै सचेत र सजक हुनुपर्नेमा जोड दिनुभयो । कोरोना भाइरसको समस्या आउन नदिन कुनै एक व्यक्ति मात्र लागेर नहुने भन्दै नेता अन्सारीले सामूहिक रुपमा अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरस के हो ? यसका लक्षण, बच्ने उपाय जस्ता सन्देश समेटिएका सामाग्री लिएर विराटनगर बजारमा र शैक्षिक संस्थाहरुमा सन्देशमूलक अभियान सुरु गरिएको अनेरास्ववियू मोरङ जिल्ला कमिटी सहसंयोजक टेकेन क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्