इटहरीमा बजार अनुगमन


इटहरी । कोरोना भाईरसको हल्ला सँगै बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढेको भन्दै इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ । बुधबार इटहरीको विभिन्न ठाउँमा गएर इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतम सहितको टोलीले बजार अनुगमन गरेको हो ।

बजारमा खाना पकाउने एलपी ग्यास लगायत खाद्य पदार्थहरु अभाब हुन थालेको भन्दै इटहरी उपमहानगरपालिकाले बजार अनुगमन सुरु गरेको हो । ७ वटा ग्यास डिलर र ३ वटा औषधी पसलहरुमा अनुगमन भएको छ ।

४ वटामा विक्रि वितरण भईरहेको र अन्य १ वटा लुकाएर बेचेको र बाँकी २ वटा पसलमा भने ग्यास सकिएको जनाएका थिए । बजारमा ग्यासको अभाव नदेखिएको भए पनि ग्यास उद्योगहरुले माग अनुसारको ग्यास बजारमा नपठाएको डिलरहरुले गुनासो गरेका थिए ।

इटहरीका मेयरका प्रेस संयोजक लिलाराज भट्टराईले बजारमा माक्सको चरम अभाव देखिएको बताए । माक्स पुरै अभाब देखिए पछि उपमहानगरपालिका आफैले बनाउँने हो कि भन्ने विषयमा कुरा समेत उठेको जनाए ।

प्रतिक्रिया दिनुहोस्