सन्दीप लामिछानेकाे टी-२० क्रिकेटमा १०० विकेट पूरा !


काठमाण्डाै – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेकाे मलेसियाविरुद्ध टस हारेर बलिङकाे निम्ताे पाएकाे नेपालका तर्फबाट सन्दीप लामिछानेले पहिलो विकेट लिँदै व्यक्तिगत १०० विकेट पुर्‍याएका हुन् ।

पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औँ सिकारको रुपमा मलेसियाका विरेन्दरसिंहलाई आउट गरे ।

पछिल्लो टी-२० को रुपमा सन्दीपले बिग ब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाण्डौमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पूरा गर्न १ विकेट बाँकी राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्