ओलीले आकाशतिर थुक्दा आफ्नै मुखमा पर्‍यो : बाबुराम


पर्वत – समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको बताएका छन्।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वतमा आइपुगेका अध्यक्ष भट्टराई प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताए।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्‍यो।’ उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ। त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ।’ प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्