महरालाई भव्य स्वागतको तयारी


काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंबाट बला त्कार प्रया सको मु द्दामा निर्दो ष ठ हर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहा ई गरिने भएको छ । त्यसको लागि कानू नी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले नि र्दोष ठहर गरेको हो । महरा रिहाई हुनेबित्तिकै उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको फैसला गरेको छ । बला त्कार प्रयास को आरो पमा पु र्पक्षमा डिल्लीबजार कारागार रहेका महरा आजै रिहा हुने भएका छन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो ।

महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बला त्कार प्र यास गरेको आरो पमा महरा प क्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्