पेन्सनमा सोह्र वर्षमै जान पाऊँ हजुर


काठमाडौं नेपाली सेनाले अहिले २० वर्षे सेवा अवधि कायम गर्ने निर्णय गर्दा हामी सकल दर्जाका सेनाका जवानहरू साह्रै मर्कामा परेका छौं । यसका कारण हामी सेनाका जवान पीडित हुने अवस्था समेत सिर्जना भएको छ । एकातिर २० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने कुरा हामी सुन्छौं भने अर्कोतिर संगठनमा नयाँ, ऊर्जाशील र क्षमतावान् जवानहरूको भर्ती हुने बाटो समेत अवरुद्ध भएको छ ।

यसभन्दा पहिले कायम रहेको १६ वर्षे सेवा अवधिलाई नै निरन्तरता दिएको भए कमै उमेरमै नेपाली सेनामा प्रवेश गरेको जवान कम्तीमा ३५–३६ वर्षमा अवकाश पाउन अवस्था रहेको थियो । यसले गर्दा त्यसरी अवकाश पाएका सैनिकलाई अन्य वैकल्पिक पेसा–व्यवसाय र काम गरेर आफ्नो छोराछोरी पढाउन र घरको आर्थिक जोहो गर्न सहज हुन्थ्यो । तर अहिले निर्णय भएको २० वर्षे सेवा अवधिका कारण लामोे समय सेनामा रही अवकाश पाउँदा वैकल्पिक पेसा–व्यवसाय गर्न र अन्य आर्थिक स्रोत जुटाउन हम्मे पर्ने देखिएको छ ।

तसर्थ सेवा अवधि २० वर्ष होइन, १६ वर्ष नै कायम गर्दा राज्यलाई पनि पेन्सनको भार धेरै नपर्ने र अवकाश पाउने सैनिक जवानले पनि उमेर छँदै अवकाश पाएर वैकल्पिक पेसा अँगाली छोराछोरी पढाउन र रोजीरोटीको वैकल्पिक बाटो अपनाउन पनि सजिलो हुन्थ्यो । त्यसतर्फ सैनिक नेतृत्वले ध्यान दिने हो कि ? –२० वर्षे सेवा अवधिबाट प्रभावित नेपाली सेनाका जवानहरू

प्रतिक्रिया दिनुहोस्