प्रचण्डले बाबुराम र उपेन्द्रलाई नेकपामा बोलाए


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीको नेतृत्वलाई नेकपामा आउन आग्रह गरेका छन् ।

समाजवादीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले समाजवादीका अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामा आउन आग्रह गरेका हुन् ।

उनले पार्टी प्रवेश गरेका समाजवादीका नेता रामप्रसाद रिजालको भनाइ उदृत गर्दै भने, ‘रामप्रसादजीले त्यहाँ अशोक राई र बावुराम भट्टराई बडो निरिह भएर बस्नु परेको छ । अप्ठ्यारो अवस्थामा हुनुहुन्छ भन्नुभयो ।’

प्रचण्डले रामप्रसादको सो कुरा सत्य होला भन्ने लागेको बताए । उनले भने, ‘उपेन्द्रजी पनि त्यहाँ झमेला गर्नु भन्दा यहाँ (नेकपामा) मिल्न आए हुन्थ्यो ।’
उनले एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अलग अलग चुल्हा चौका लगाएर हुँदैन । देशको समृद्धिका लागि सबै मिलेर जाऔँ ।’
प्रचण्डले सभामुख चयनको विषयलाई लिएर माइतीघर मण्डलामा भइरहेको प्रद र्शनको औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्