नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने क्यानकाे तयारी


काठमाण्डाै – क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ । क्यानले अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको हो ।गएको महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो । खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने विषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्ने क्यानले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको ‘सी’ डिभिजनकाे टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट फुटबल क्लबकाे मैदानमा हुनेछ ।

यस्तै सन् २०२१ को मे महिनामा इङ्ग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । हाेम एण्ड अवेका आधारमा मैत्रीपूर्ण खेल हुन लागेकाे हाे । मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो । सम्झौतामा इङ्ग्लिस फुटबल सङ्घका प्रतिनिधि लोरेन जोन्स र एन्डरसन तथा एन्फाबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्