नेपाल आइडलका निशान भट्टराईको ‘लाहुर जाने रेल’ सार्वजनिक (भिडियो)


काठमाडौं – नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराई नयाँ गीत सार्वजनिक भएको छ । गायक निशान भट्टराईको सुमधुर स्वरमा लाहुर जाने रेल बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । प्रशान्त पौडेलले लेखेको यस गीतमा निशान भट्टराईलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । गीतमा शब्द संगीत प्रशान्त पौडेलको रहेको छ ।

यसअघि सार्वजनिक भएका ‘भुन्टी’ र ‘बरिलै’ पनि दर्शकले निकै रुचाएका थिए । यस गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् । गीतमा भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई प्रविन भट्टले नै सम्पादन गरेका हुन् ।

नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराई नयाँ गीत सार्वजनिक भएको छ । गायक निशान भट्टराईको सुमधुर स्वरमा लाहुर जाने रेल बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । प्रशान्त पौडेलले लेखेको यस गीतमा निशान भट्टराईलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । गीतमा शब्द संगीत प्रशान्त पौडेलको रहेको छ ।

यसअघि सार्वजनिक भएका ‘भुन्टी’ र ‘बरिलै’ पनि दर्शकले निकै रुचाएका थिए । यस गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् । गीतमा भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई प्रविन भट्टले नै सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्