प्रदेश १ सरकारले दियो भोलि सार्बजनिक बिदा,


प्रदेश १ मा भोली सार्बजनिक बिदा दिईएको छ । माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

विराटनगरको सार्बजनिक सुचना
विराटनगर महानगरपालिकाले माघ १ गते सार्बजनिक बिदा दिएको बतनएको छ। माघी पर्वको अवसर पारेर आज भएको निर्णय अनुसार सार्बजनिक बिदा दिने निर्णय गरेको बिराटगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेब अधिकारीले जानकारी दिए ।
विराटनगर महानगरपालिकाद्धारा जारी गरिएको सार्बजनिक सुचनामा विराटनगर महानगरपालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्थाहरुलाई सार्बजनिक बिदा दिईएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्