नेशनल लाइफ इन्स्योरेन्सले दियो, दंगाल परिवारलाई एक करोड ३ लाख १५ हजार


दमक, पौष २९/ नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेड बितामोडले रु ५० लाखको मृत्यु दाबि बिमाको भुतmानी गरेको छ । झापा बिुद्धशान्ती गाँउपालिकाका इन्द्र प्रशाद दंगालको २०७६ कार्तिक ५ गते दुधेमा मोटरसाईकल दुघर्टनामा परी मृत्यु भएको थियो ।

मंगलबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी मृतक दंगालकी श्रीमती सुष्मिता थपलिया दंगाललाई सो दाबि रकम हस्तान्तरण गरियो । दंगालले रु ५० लाखको अमृत बर्ष बिमा योजान, नामक बिमा गराएको र एक किस्ता तिरिएपछि बिमकको मृत्यु भएपछि श्रीमतीलाई बोनस लगायत सबै रकम हिसाब गरी जम्मा रु १ करोड ३ लाख १५ हजार भुतmानी दिइएको नेशनल लाईफ इन्योरेन्स् कम्पनी लिमिटेड प्रदेश एकका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो ।

कायक्रम प्रमुख अथिति नेपाल उद्योग बाणिज्य संघ बितामोडका अध्यक्ष कुमार भटट्राई बिशेष अतिथि नेशनल लाईफ इन्योरेन्स् कम्पनी लिमिटेड प्रदेश एकका प्रमुख नरेन्द्र राई, र इन्योरेन्स् बिर्तामोड प्रमुख कमल बहादुर बुढाथोकीको सभापतित्वमा भएको थियो ।

बिमकका तर्फबाट लय प्रशाद उप्रेतीले सो बिमा कम्पनीका कारण आफुहरुलाई ठुलो राहत भएको बताउनुभयो । इन्योरेन्स् कम्पनीका प्रदेश प्रमुख राईले जिवन बिमा बाध्यता नभई अनिबार्य आवश्यकता भएको बताए । दंगालले २०७६ साल असारमा १६ बर्षे बिमा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्