बालुवाटारमा चार घण्टा लामो मन्त्रिपरिषद बैठक


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार घण्टा लामो समयसम्म मन्त्रिपरिषद बैठक बसेको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा सोमबार साँझ मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

संसदको गत्यावरोध भैरहेको र सभामुख चयनमा क ठिन भैरहेको अवस्थाको बारेमा पनि मन्त्रिपरिषद बैठकमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार पछिल्लो समय भ्रष्टाचारको कुरामा पनि सरकार खरो रुपमा प्रस्तुत हुनुपर्ने बैठकको निश्कर्ष छ । भ्रष्टाचारको वि रुद्धमा सरकार सशक्त रुपमा प्रस्तुत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्मम रुपमा उत्रिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले मन्त्रीहरुको भूमीका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचारविरुद्ध क ठोर रुपमा प्रस्तुत हुने सरकारको निश्कर्ष छ । साँझ चार बजेबाट सुरु भएको बैठक राति ८ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्