सभामुखकै कारण नेकपा फुट्न सक्ने विश्लेषण


काठमाडौं- प्रतिनिधिसभाको सभामुख चयन प्रक्रियाले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्घटनामा पर्नसक्नेतर्फ पाका राजनीतिज्ञहरुले स चेत गराएका छन् ।

यस्ता मुद्दाले समयमै निकास नपाए राजनीतिक दलहरु फुटउन्मुख हुनसक्ने पनि उनीहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख चयन प्रक्रियालाई लिएर चर्को द्व न्द्व छ ।

ओलीलाई सुवास नेम्वाङ नभइ नहुने, दाहाललाई अग्नि सापकोटा नै चाहिने । दुई अध्यक्षले एक/एक पात्र अगाडि सारिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा सभामुखमा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेको जोडबल पनि चलिरहेको छ ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपामा त्रिपक्षीय शक्ति संघर्ष चलेकै कारण संसद बन्दक बनेको छ भने नेकपा नेतृत्व निरीह देखिएको छ । पाका राजनीतिज्ञहरुले नेकपा नेतृत्वलाई बेलैमा सभामुख प्रकरण टुंग्याउन सुझाव दिएका छन् । अन्यथा नेकपा विभाजनको दिशामा जाने सम्भावना उनीहरुले औंल्याएका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाट पनि यो कुरामा सहमत देखिन्छन् । विगतमा नेपाली कांग्रेस पनि यस्तै विवा दले विभाजित भएको स्मरण उनले गराए । यौ न दुर्व्य वहारको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जे ल परेपछि प्रतिनिधिसभाको सभामुख पद खाली छ ।

तर, सत्तारुढ नेकपाको गुटगत स्वार्थ र पार्टीका नेताहरुको व्यक्ति मोहका कारण सभामुखको कुर्सीमा को र कहिले पुग्छ भनेर अहिले नै भन्न सकिने स्थिति छैन ।

यो सामाग्री इमेजका लागि रोमन आचार्य, नवीन स्थापित र प्रदीप पौडेलले तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्