जनतालाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्न मुख्यमन्त्री राईकाे निर्देशन


विराटनगर, २८ पुष । प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले आफ्नाे अधिकार प्रयोग गर्दा संघीयतामाथि नै प्र श्न चिन्ह आउने गरी काम नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।

प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विराटनगरमा आयोजना गरेको प्रदेश समन्वय परिषदको तेश्रो बैठक उद्घाटन गर्दै मुख्यमन्त्री राईले अहिले संघीयता विरो धीहरु निकै सल्ब लाएकाले आफ्नो अधिकार प्रयोग गर्दा ग म्भी र र संवे द नशील हुन अनुरोध गर्नुभयो ।

उहाँले जनताले पारदर्शी र सुशासनसहितको विकास चाहेकोले आफ्नो अधिकार प्रयोग गर्दा सचेत र सजग हुन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएकाे हाे ।
मुख्यमन्त्री राईले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी कार्य गर्न र प्रदेश कानुनहरु पालना गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई निर्देशन दिदै प्रदेश कानुनहरु ग लत भए प्रदेश सरकार सच्याउन तयार रहेको स्पष्ट पार्नुभयो ।

दुई दिनसम्म चल्ने सो बैठकमा विकास व्यवस्थापन, राजस्व बाँडफाँड, प्राकृतिक स्रोत, म अघि बढ्छु र भ्रमण वर्ष लगायतका विषयमाथि छलफल गरिने बताइएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, महालेखा परीक्षक टंकमणि शर्माले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रदेश नं. १ का मन्त्रीहरु, प्रदेश सांसदहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्