सांसदको गुनासो : मन्त्री र कर्मचारीले हामीलाई टेरेनन्


काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टीकरण लिन माग गरेका छन् ।

विभिन्न चरणमा बजार अनुगमनपछि राष्ट्रियसभाअन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् । सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने बताएका छन् ।
सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाइन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्