नेकपामा सभामुख विवादः हुनैछाड्यो छलफल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुखको उम्मेदवार विवाद पेचिलो बन्दै गएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले आफुलाई सभामुखको उम्मेदवार बनाए मात्र राजीनामा दिने अडान राखेपछि विवा द पेचिलो बन्दै गएको हो ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बहाङ्फेलाई राजीनामा गर्न निर्देशन दिने निर्णय ग¥यो । नेकपा सचिवालय बैठकको निर्णयपछि आफुलाई सभामुख बनाउनु पर्ने अडान तुम्बहाङफेको यथावत् छ । शनिबार नेकपा अध्यक्षद्वोय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरे । त्यस छलफलमा पनि तुम्बहाङफेले आफुलाई सभामुख बनाउनुपर्ने अडान दोहो¥याउँदै आइन् ।

हिजो (आइतबार) पनि दुई अध्यक्षको छलफलमा पनि तुम्बहाङफे आफुलाई सभामुखको उम्मेदवार नबनाए उपसभामुखबाट राजिनामा नदिने भन्दै प्रतिनिधिसभाको बैठक स्थगित गरेकी थिइन् ।

आगामी माघ ६ गतेसम्मको लागि प्रतिनिसभाको बैठक स्थगित भएको सूचना टाँस गरेकी तुम्बहाङफेको माग नेकपाबाट आपूm नै सभामुखको उम्मेदवार बन्नुपर्ने छ ।

तुम्बहाङफेको अडानपछि अहिलेसम्म दुवै अध्यक्ष सभामुखको छलफलमा जुट्न सकेका छैनन् । उपसभामुखले सचिवालयको निर्णय र दुई अध्यक्षले राजीनामा दिन दिएको निर्देशन नमानेपछि दुई अध्यक्षनै अन्यौलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्