शिवमायालाई सभामुख बनाउन महिला सांसहरु सक्रिय


काठमाडौं, २८ पुष । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनको लागि महिला सांसदहरुले लविङ सुरु गरेका छन् । संसदको बैठक आगामी माघ ६ गते बस्दैछ । त्योभन्दा अघि नै उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने सत्तापक्ष र प्रतिपक्षका महिला सांसदहरुले संगठित रुपमा लविङ सुरु गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउन चाहेकी छिन् । उनले भित्री रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख तुम्बाहाम्फेलाई नै बनाउन आग्रह गरेको स्रोतको दाबी छ । उपसभामुख तुम्बाहाम्फेलेपनि आफूले राजीनामा नदिने स्पष्ट अडान लिएकी छिन् ।

उनले आफूलाई नै सभामुख बनाउनुपर्ने अडान लिएकी छिन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपसभामुख तुम्बाहाम्फेले सभामुखको लागि आफू नै योग्य उम्मेद्धवार भएको दाबी गरेकी छिन् । सत्तापक्षका महिला सांसदहरुमात्रै नभएर प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्