चैतन्य बराल नेपाल चलचित्र संघको पूर्वाञ्चल सभापतिमा निर्वाचित


दमक,पौष २५ /झापा दमकका ब्यवसाही एवम् पाथिभरा सिनेमा प्रा. लिका सञ्चालक चैतन्य बराल नेपाल चलचित्र संघको पूवाञर््चल सभापतिमा निर्वाचित भएका छन् ।

संघको काठमाडौमा भएको ४६ औँ साधरणसभाले बराललाई पूर्वाञ्चल सभापतिमा निर्वाचित गरेको हो । यस्तै मधुसुुदन प्रधानको नेत्रित्वमा १६ सदसीय नेपाल चलचित्र संघको केन्द्रिय समिती गठन गरिएको नवनिर्वाचित पूर्वाञ्चल सभापति बरालले जानकारी दिए ।

यस्तै पूर्वाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल र काठमाडौ शाखा समेत गठन गरिएको छ । जसमा पूर्वाञ्चल सभापतिमा बराल निर्वाचित भएका हुन् । विहिबार र शुक्रबार चलेको संघको साधारणसभामा प्रतिनिधि, बितरक, र हलवाला गरी २ सय प्रतिनिधीको सहभागिता थियो ।

भरखरै निर्वाचित भएका बरालले मल्टिफेक्स् र सिंगल थ्रिएटरलाई एकै किसिममा सञ्चालन गर्ने योजना रहेको बताए । उनले आफुलाई यो जितले नेपाली सिने उद्योगलाई प्रभावकारी ढंगले अगाडी बढाउन हौसाला मिलेको बताए । उनले निति निर्माण ,ब्यवसाहिक एकता ,बितरक ,फिल्म् निर्माता ,हल सञ्चालक र ब्यवस्थापक बिचमा स्वास्थ्य प्रतिस्पर्धा गाउन आफु लागी पर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्