सन्दीपले नेपाल भ्रमण वर्ष लोगोसहितको जुत्ता लगाए


काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल मार्फत नेपाल भ्रमण वर्ष २०२० प्रचार गरेका छन् । अष्ट्रेलियामा चलिरहेको बिग बास लिग क्रिकेट अन्तरगत मेलबर्न स्टार्स र सिड्नी थन्डर्सबीचको खेलमा सन्दीप लामिछानेले लगाएको भिजिट नेपाल ट्वेन्टी–ट्वेन्टी लेखिएको जुत्ता टेलिभिजन लाइभमासमेत देखाइएको थियो ।

सिड्नीविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले विकेट भने लिन भने सकेनन् । उनले आफ्नो स्पेलमा ९.७५ को इकोनोमीमा ३९ रन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्