मनाङ र मच्छिन्द्रका खेलाडीबीच मुक्कामुक्की


काठमाडौँ । शहीद स्मारक ए भिडिजन लिग फुटबलमा सोमबार मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लबका खेलाडीबीच मु क्का मु क्की भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा पहिलो हाफको दोस्रो मिनेटमै मनाङले जसरी अप्रत्यासित रुपमा अग्रता लियो, मच्छिन्द्रले पनि दोस्रो हाफको पहिलो मिनेटमा नै बराबरी गोल फर्कायो ।

खेलको ८१ औं मिनेटमा मच्छिन्द्रले २-१ को अग्रता बनायो तर निर्धारित समय सकिनै लाग्दा जोगाउन सकेन । रेफ्रीले खेल सकिएको जनाउ दिने सिठ्ठी फुके र खेल २-२- गोलको बाराबरीमा । तर दुई टिमको ल डाइँ सकिएको रहेनछ । त्यसैले दुबै टिमका खेलाडी आपसमा झगडा गर्न थाले ।

मछिन्द्रका देवेन्द्र तामाङलाई सम्हाल्न खेलाडी तथा अफिसियललाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा मनाङका अशोक बरालले रातो कार्ड समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्