ऋचा शर्माले लगाएको औँठीको मूल्य कति ?


काठमाडौं । नायिका ऋचा शर्मा हालै विवाह बन्धनमा बाँधिएकी छन् । गएको मंसिर २१ गते दिपेक्ष्य राणासँग विवाह गरेकी उनी विवाहपछि निकै व्यस्त देखिन्छिन् । हनि मून मनाउने फुर्सदसमेत नपाएकी उनी हाल कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको भूमिका छिन् ।

दिपेक्ष्यसँग लगनगाँठो कसेकोमा निकै खुसी देखिने उनले लगाएको औँठीले प्रायः सबैको ध्यान तान्छ । उनले आफूले लगाएको औँठीको विशेष महत्व रहेको बताइन् ।

‘यो औँठी राणा परिवारको ५औँ पुस्ता अगाडिको हो’, उनले भनिन्, यो राणा परिवारको प्रतिनिधित्व हुने गरि पति दिपेक्ष्यले विवाहमा लगिदिएका हुन् ।’
उक्त औँठीको साख जोगाउनु आफ्नै दायित्व रहेको बताउने नायिका ऋचाले थपिन्, ‘अब राणा परिवारको बुहारीको हैसियतबाट यो औँठीको महत्व र साख जोगाउने जिम्मेवारी पाएकी छु ।’औठी निकै निकै बहुमुल्य रहेको जानकारी दिएकी उनले भनिन्, ‘राणा परिवारको पाँचौँ पुस्ताबाट मैले यो औँठी लगाउन पाएकोमा निकै खुसी छु र यसको साख जोगाएर राख्ने छु ।’

प्रतिक्रिया दिनुहोस्