‘सेन्टी भाइरस’को पोस्टरमा सुन्तली धुर्मुसको अंगालोमा लपक्कै


काठमाडौं – धुर्मुस सुन्तली अभिनित चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली देखिएका छन् । पोस्टरमा धुर्मुस सुन्तली रोमान्टिक अवतारमा देखिएका छन् ।

उनीहरुले गलामा सयपत्री फूल लगाएका छन् भने धुर्मुसले शिरमा ढाकाटोपी लगाएका छन् । सुन्तली धुर्मुसको अंगालोमा लपक्क टासिएकी छिन् । उनीहरुले बुधबार अंग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरेका हुन् । आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा रामबाबु गुरुङ निर्देशन गरेका छन् ।

चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तलीसँगै दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । कलाकारिता क्षेत्रसंगै र सामाजिक कार्यमा पनि निकै अगाडी रहेका धुर्मुस सुन्तली हाल चितवन भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्