प्रचण्डले अन्तिममा जहाजकाे टिकट रद्द गरेपछि नेकपा नेताहरू सशं कित


काठमाडौं । जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए।

दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेको जानकारी पाएपछि सत्तासीन नेकपाका नेताहरू ‘सशं कित’ बने। दुई अध्यक्ष बसेर बिहीबार नै सभामुखको टुंगो लाग्ने लख काटेका उनीहरू ‘गडबड’ भएको निष्कर्षमा पुगे।

सत्तासीन नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने विश्वासमा संसद् सचिवालयले सभामुख निर्वाचन मिति घोषणाको सम्भावित कार्यसूची बनाइसकेको थियो।
शुक्रबार बिहान १० बजे मात्र पार्टी अध्यक्ष दाहाल काठमाडौं फर्केपछि दुई अध्यक्षबीच छलफल हुन बाँकी रहेको भन्दै संसद् बैठक सार्न उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सन्देश पठाइयो।

उपसभामुखको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पुस १६ गतेका लागि बैठक सरेको सूचना प्रकाशित गरे। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले नै सभामुख उम्मेदवार टुंगो नलगाउँदा हिउँदे अधिवेशनको दोस्रो बैठक सूचनाद्वारा स्थगित गरियो। जनताका आवाज बोल्ने स्थान (संसद्) नै बन्धक बन्यो। ‘दलीय झग डाका कारण संसद् बन्धक बनाइनु उचित होइन,’ विपक्षी कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्।

पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको दोस्रो (शुक्रबार) को बैठकको कार्यसूची नै सभामुख निर्वाचन मिति घोषणा गर्ने थियो। सचिवालयले पुस १३ गते मनोनयन दर्ता गर्ने र १४ गते सभामुख निर्वाचन गर्ने कार्यतालिकासमेत बनाएको थियो। तर सूचनाद्वारा बैठक स्थगित भएका कारण सचिवालयले बनाएको कार्यसूची अलपत्र प¥यो। याे खबर अन्नपुर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्