भोलि सार्वजनिक विदा


काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

यो पनि पढ्नुहोस

बिहीवार परेको भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ ।

प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ बिदा सम्बन्धी सूचना –

प्रतिक्रिया दिनुहोस्