गोकर्ण बिष्टले म्यानपावर व्यवसायीलाई दिए यस्तो चेता वनी


काठमाडौं । भर्खरै मन्त्री पदबाट बाहिरिएका निवर्तनमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफु मन्त्रीबाट बाहिरिदै नरमाउन केही म्यानपावर ब्यवसायीलाई चेता वनी दिएका छन् ।

बिष्ट श्रममन्त्रीबाट बाहिरिएलगतै केही म्यानपावर ब्यवसाय र यससँग सम्बन्धित केही ब्यक्तिले भोज खाएको खवर बाहिर आएका बेला उनले आफ्नो बर्हिगमनमा नरमाउन आग्रह गरेका छन् । ‘बैदेशिक रोजगारीको ठ गी ध न्दामा लागेका केही ब्यक्तिले म हटेपछि भोज खाएको मैले सुनेको छु’ बिष्टले भने ‘हेक्का रहोस् म राजनीतिमै छु ।’

बिष्टले आफु मन्त्रीमा भएपनि नभएपनि लाखौ नेपाली युवाहरुलाई ठग्ने ठ गी ध न्दाका नाइकेहरुलाई नछोड्ने बताए । ‘म सवैलाई भन्दिँन, केही राम्रा पनि हुनुहुन्छ । केहीलाई अहिले आफुले हटाएँ भन्ने पनि लागेका होला, मालिकसावहरुले बुझे हुन्छ म राजनीतिमै छु । नेकपाको बफादार सिपाही हुँ’ उनले भने ।

मलेसिया, यूएईसँग श्रम सम्झौता गरेर लाखौ युवालाई ठ गीनबाट जोगाएका बिष्टमाथी केही म्यानपावर ब्यवसायीले इगो साँधीरहेका छन् । म्यानपावर ब्यवसायी मात्र नभई यससँग सम्बिन्धत स्वास्थ्य परीक्षक केन्द्रहरु पनि आक्रो सित थिए । केही म्यानपावर ब्यवसायीले भने उनको कदमलाई स्वागत नै गरेका थिए । फ्रि टिकट, फ्रि भिसा बनाएपनि केही ब्यवसाय भने पछिल्लो पटक खुसी नै थिए ।

प्रतिक्रिया दिनुहोस्