आँखा पाक्ने रोगले सतायो ? यस्ता छन् उपचार विधि


के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।यस पटक हामी तपाईलाइ यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा, मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ।

त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।[२] यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्