कसले काट्यो अन्तिम समयमा मन्त्रीकाे सूचिबाट महेश बस्नेतको नाम ?


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहिबार सपथ हुने छ । राष्ट्रपति कार्यालयले मन्त्रीमण्डलका सदस्यहरुको नाम पनि सार्वजनिक गरेको छ ।

तर उक्त सूचीमा नेकपाका एक युवा नेताको नाम भने परेन । मन्त्रीमण्डल पुर्नगठनको अन्तिम समयमा नेकपाका युवा नेता महेश बस्नेतको नाम चर्चामा थियो । बस्नेतको नाम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सामेल थियो ।

तर अन्तिम समयमा उनको नाम काटिएको छ । नेकपा नेता तथा पूर्वसभामुख सुवास नेम्वाङको सिफारिसमा सो मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएको छ । नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । बस्नेत भने यसअघि उद्योगमन्त्री भइसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्