नयाँ स्पिरिटका साथ काम गर्न मन्त्रिमण्डल पुर्नगठन – सूर्य थापा,


काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिमण्डल पुर्नगठन हुने खुलाएका छन् । पत्रकारिताबाट राजनीतिमा पाइला राखेका थापासँग एनआरएन रेडियोको नेपाली बहसका लागि  गरेको कुराकानीः

नेपाल सरकारले कुटनीतिक तवरबाट भारतसँग कसरी वार्ता गर्दै छ ?
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जसरी नक्साको विषयलाई विवादमा ल्याइएको छ । यसबारेमा प्रधानमन्त्रीको आग्रहमा सिंगो देशले राष्ट्रिय अडान बनाएको थियो । त्यस अभिव्यक्तिलाई प्रस्तुत गरेको हो ।

प्रधानमन्त्रीले भनेजस्तै त्यो नेपालको भूमि जहाँ भारतीय सेनाहरु बसेका छन्, त्यहाँबाट फिर्ता गराउने कुरा नेपाली जनता, नेपालका सम्पूर्ण राजनीतिक दलहरु र सरकारका साझा एजन्डा हुन् । यसलाई सरकारले राजनीतिक, कुटनीतिकलगायत सबै पक्षबाट पहल गरिछाड्छ भनेर उहाँले दृढता व्यक्त गर्नुभएको हो ।

कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रधानमन्त्री सफल हुनुहोला ?
यसमा प्रधानमन्त्री मात्रै होइन, आफ्नो भूमिमा अरु देशले अतिक्रमण गर्ने, सेना राखेर थिमिचो गरेकोमा सिंगो राष्ट्रकै चासोको विषय हो । सम्पूर्ण नेपाली जनता, राजनीतिक दल र सरकारलेको बलमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा यो विवादलाई टुंग्याउने प्रधानमन्त्रीको दृढता हो ।

त्यहाँ सेना रहने नरहने ठूलो कुरा होइन, यसलाई हल गर्ने कुटनीतिक वार्ता, संवाद गर्नु मूल विषय हो । यसको नेतृत्व सरकारको तर्पmबाट प्रधानमन्त्रीले गर्नुहुन्छ ।

नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्ने गृहकार्य भएको छ ?
अहिले आन्तरिक रुपमा मात्रै गृहकार्यहरु भइरहेका छन् । यसमा त्योसँग सम्बन्धित तथ्यहरुलाई एकीकृत गर्ने, वार्ता र संवादलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमै केन्द्रित रहेर कामहरु भइरहेका छन् ।

सबै प्रक्रियाहरु अगाडि बढाइसकेपछि समकक्षीसँग वार्ता गर्नुपरेपनि आपूm तयार रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । यो कुरा उहाँले सर्वपक्षीय बैठकमै पनि भन्नुभएको हो । हाम्रो भूमिमा बिनासन्धि, सम्झौता, बिनाप्रमाण भारतीय फौज बसेको छ । त्यसलाई हाम्रो असल छिमेकी भारतले आफ्नो सेना फिर्ता गरेर छिमेकीसँग कुनै मनोमालिन्य राख्ने छैन ।

विशाल शक्तिशाली मुलुकलाई जसरी सीमा विवादको आरोप लागेको त्यसलाई सच्याउने काम गरी नेपालसँगको छिमेकीपनलाई कायमै राख्ने छ, भन्ने लाग्छ । भारतीसँगको सम्बन्धलाई कायमै राखेर समस्या समाधान गर्न प्रधानमन्त्री दृढ हुनुहुन्छ ।

त्यसोभए दुई प्रधानमन्त्रीबीच वार्ता हुन्छ ?
यसबारेमा प्रधानमन्त्रीले सबै तथ्य, प्रमाणका आधारमा कुटनीति तबरबाट वार्ता थाल्ने भनिरहनुभएको छ । परराष्ट्रका संयन्त्रहरुबाट पनि काम अगाडि बढ्छ । त्यसपछि राजनीतिक दतबाट गर्नुपर्यो भने प्रधानमन्त्रीतहबाट यो विषय अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्